काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गर्न नहुने बताएकी छन्। उनले एमसीसी अनुमोदन गर्दा नेपालको राष्ट्रिय स्वाधीनतामा समस्या आउने दाबी गरेकी छन्।
उनले एमसीसी सैन्य रणनीति अन्तर्गतको भएको टिप्पणी पनि गरिन्। उनले चीनलाई घेर्न यो योजना ल्याइएको समेत दाबी गरिन्। पौडलले नेपालको संविधान र कानुनभन्दा माथि एमसीसी भएको उल्लेख गरिन्।
विदेशी अनुदान स्वीकार गर्नुहुन्छ कि हुँदैन भन्ने नभएको भन्दै उनले थपिन्, ‘शर्तहरु राखिएको यस्तो योजना स्वीकार गर्न हुन्छ कि हुँदैन भन्ने हो।’
उनले नेपाल भ्रमणका क्रममा अमेरिकी मन्त्रीहरुले नै एमसीसी इन्डोप्यासिफिक रणनीति भएको भनेकाले यो चिनियाँविरुद्ध घेराबन्दी गर्ने रुपमा आएको पौडेलको भनाइ छ।
उनले सैन्य कार्यका लागि उपयोग गर्न दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविरुद्ध भएकोले सदनबाट सम्झौता खारेज गर्नुपर्ने तर्क गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।