• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

द्वन्द्वकालमा स्वीकृत चौकी राख्नै २१ वर्ष, अहिले मागिएका ८३० ठाउँमा कहिले स्थापना होलान् प्रहरी कार्यालय?

64x64
नारायण अधिकारी मंगलबार, फागुन १७, २०७८  ०९:२७
1140x725

काठामाडौं– प्युठानको दाङबाङका स्थानीयले प्रहरी चौकी माग गर्दै २०५५ सालमा निवेदन दिए। जिल्ला सुरक्षा समितिले अध्ययन गरेपछि निवेदन स्वीकृत भयो। तर, सशस्त्र द्वन्द्व भइरहेकाले त्यति बेला चौकी स्थापना हुन सकेन। 

निवेदन स्वीकृत भएको करिब आठ वर्षपछि द्वन्द्व त सकियो, चौकी भने पुगेन। २०७६ सालमा बल्ल चौकी स्थापना भयो। २१ वर्षअघि माग भएको प्रहरी चौकी द्वन्द्व सकिएको पनि १३ वर्षपछि मात्र स्थापना हुन सक्यो।

सुरक्षाको प्रत्याभूति गरेर अहिले पनि विभिन्न स्तरका प्रहरी कार्यालय माग्दै स्थानीयले निवेदन दिने गरेका छन्। बढ्दो शहरीकरण, जनसंख्याको चाप, वर्षैपिच्छे उकालो लाग्दै गरेको अपराध, अपराधका नयाँ–नयाँ शैली, सूचना प्रविधिको विकाससँगै देखिएको सुरक्षा चुनौती, अनलाइन तास–जुवा र बेटिङ जस्ता कारण समाज अशान्त हुने क्रम बढेको छ। यस्ता घटनाबाट दिकदार भएका नागरिकले प्रहरीको सहारा खोज्ने क्रम बढेको हो। त्यहीकारण ग्रामीण भेगदेखि सुविधान्मुखक शहरमा प्रहरी कार्यालय÷युटिन राख्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन आउने गरेका छन्।

तर, माग भएका प्रहरी कार्यालय तत्काल स्थापना हुन संभव नभएको प्रहरी अधिकारीहरू बताउँछन्। ‘चौकी आवश्यक रहेको भन्दै माग गर्नु एकदमै सकारात्मक हो। दैनिक शान्ति सुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धानसम्मका लागि अहिलेकै दरबन्दी अपुग छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्, ‘एकातर्फ चौकी मागको संख्या ठूलो हुनु र अर्कोतर्फ स्थानीय तहको आगामी चुनाव सम्पन्न गर्न एक लाखभन्दा बढी म्यादी भर्ना गर्नुपर्ने अवस्थाले प्रहरीको दरबन्दी अपुग भएको पुष्टि गर्छ। त्यसैले प्रहरी कार्यालय थप गर्न संभव छैन।’

८३० ठाउँबाट प्रहरी कार्यालय/युनिट माग
गएको फागुन ८ गतेसम्मको नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले देशभरबाट थप ८३० वटा विभिन्न तहका प्रहरी कार्यालय माग भएको छ। जसमध्ये सबैभन्दा बढी प्रदेश १ मा २२७ कार्यालय माग भएको छ। लुम्बिनीमा १३३, सुदूरपश्चिममा १२०, बागमतीमा ११०, मधेश प्रदेशमा ९३, गण्डकीमा ६८, कर्णालीमा ६३ र काठमाडौं उपत्यका (महानगरीय प्रहरी) मा १६ वटा कार्यालयको माग भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

सबैभन्दा बढी प्रहरी चौकीको माग गरेर निवेदन परेका छन्। देशभरि ७०९ प्रहरी चौकी राख्न माग भएको छ। जसअनुसार प्रदेश १ मा १९२, लुम्बिनीमा १२०, सुदूरपश्चिममा १०६, बागमतीमा ९३, मधेशमा ८२, कर्णालीमा ५६, गण्डकीमा ५३ र महानगरीय प्रहरी कार्यालयमा सात वटा चौकी राख्न माग भएको छ। त्यस्तै ‘क’ श्रेणीको १९ वटा इलाका प्रहरी कार्यालय राख्न माग भएको छ। जसमध्ये प्रदेश १ मा नौ, बागमतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एउटा कार्यालयको माग भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। 

‘ख’ श्रेणीका ५८ वटा इलाका प्रहरी कार्यालयको माग भएको छ। जसमध्ये प्रदेश १ मा १४, सुदूरपश्चिममा १२, मधेश र बागमती प्रदेशमा आठ–आठ, गण्डकीमा सात, लुम्बिनीमा पाँच, कर्णालीमा तीन र महानगरीय प्रहरी कार्यालयमा एक गरी ५८ वटा छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एक गरी चार वटा सीमा प्रहरी चौकीको माग भएको छ। ‘क’ श्रेणीका पाँच र ‘ख’ श्रेणीका चार गरी नौ वटा वडा प्रहरी कार्यालयको माग भएको छ।

प्रदेश १ मा दुई तथा बागमती र गण्डकीमा एक–एक गरी चार वटा नगर प्रहरी कार्यालयको माग भएको छ। बागमती, गण्डकीमा एक–एक र लुम्बिनीमा दुई गरी चार वटा पर्यटन प्रहरी युनिटको पनि माग भएको छ।

त्यस्तै प्रदेश १ मा चार र बागमतीमा दुई गरी ६ वटा ट्राफिक प्रहरी कार्यालयको माग भएको छ। त्यसैगरी पाँच वटा महानगरीय प्रहरी कार्यालय आवश्यकता रहेको निवेदनसमेत परेको छ। जसमा महानगरीय ट्राफिक प्रहरी प्रभाग दुई वटा, सशस्त्र प्रहरी सेनामुख कार्यालय एउटा, विमानस्थल सुरक्षा कार्यालय दुई वटा र बाल सुधार गृह सात वटा माग भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

मागअनुसार कार्यालय थप्न १२ हजार जनशक्ति आवश्यक
स्थानीयले प्रहरी कार्यालय/युनिट माग गरेपछि पहिला जिल्ला सुरक्षा समितिले अध्ययन गर्छ। त्यसपछि प्रहरी कार्यालय आवश्यक रहेको ठहर भए प्रधान कार्यालयसँग माग गरिन्छ। यसरी माग भएका कार्यालयबारे हरेक नयाँ आर्थिक वर्ष सुरु हुनुअघि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा जानकारी गराउँछ।

प्रवक्ता केसीका अनुसार प्रत्येक आर्थिक वर्षको बजेट भाषणअघि उक्त वर्ष कति वटा प्रहरी कार्यालय दिने भनेर अर्थ मन्त्रालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन्छ। छलफलले कति प्रहरी कार्यालय थप हुने भन्ने टुंगो लाग्छ। प्रवक्ता केसीले भने, ‘प्रहरी युनिट माग गर्र्दै दैनिक निवेदन आउँछन्। निवेदन आउने बित्तिकै प्रहरी चौकी दिइहाल्ने भन्ने हुँदैन। यसको पनि निश्चित प्रक्रिया छ।’

अहिले माग भएअनुसार प्रहरी कार्यालय÷युनिट थप गर्ने हो भने करिब १२ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक हुन्छ। हाल नेपाल प्रहरीमा ७९ हजार ५३७ दरबन्दी छ। तीमध्ये झण्डै नौ हजार दरबन्दी रिक्त छन्। भएको दरबन्दीसमेत पूर्ति नहुने अवस्थामा माग भएका प्रहरी कार्यालयका लागि अरु १२ हजार जनशक्ति तत्काल थप हुने स्थित नभएको प्रहरीका उच्च अधिकारी बताउँछन्। त्यसकारण सुरक्षा आवश्यकता महसुस गर्दै माग भएका ८३० प्रहरी कार्यालय तत्कालै थप्न संभव नभएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्