काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौताका सन्दर्भमा सत्तारुढ गठबन्धनले तयार पारेको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगर्ने बताएका छन्। एमसीसी सम्झौता खारेज हुनुपर्ने सुवालको मत छ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौताको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सुवालले अमेरिकाले भारतका लागि एमसीसी सम्झौता गरेको पनि बताए।
सुवालले संसद्मा जारी अवरोध अन्त्य गरेर एमसीसीमाथि सबैले गहन छलफल गर्न पाउनुपर्ने बताए।
‘एमसीसी सम्झौताले आर्थिक वृद्धि र गरिबी निवारण गर्ने भन्ने विषय झुटा हो,’ उनले भने, ‘यो नेपालको हितमा छैन।’
एमसीसी अगाडि घुँडा टेक्ने काम उचित नभएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीले अमेरिकासामू घुँडा टेक्नुपर्ने अवस्था किन?’ उनले प्रश्न गरे, ‘एमसीसी सैन्य मोर्चा भएको अमेरिकी अधिकारीले नै स्वीकार गरिसकेकाले अहिले त्यसो होइन भनिनु उचित होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।