काठमाडौं– जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभाकी सदस्य लिला सिटौलाले एमसीसी 'नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाबुको अनुहार' जस्तो भएको बताएकी छिन्।
एमसीसीमाथि जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भनिन्- एमसीसी 'नखाऊँ भने दिनभरिको शिकार र खाऊँ भने कान्छा बाबुको अनुहार'को रुपमा शीर्ष नेताहरुले हामीलाई ल्याउनुभएको छ।
उनले एमसीसीका धेरै विषयहरुमा राष्ट्रघाती प्रावधानहरु रहेको दाबी गरिन्। व्याख्यात्मक घोषणाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन्।
'सहयोग लिन्छौँ, तर सहयोगकै लाममा लम्पसार पर्दैनौँ। त्यो प्रवृत्ति अन्त्य हुनुपर्छ', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।