काठमाडौं– लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी राम्रो उद्देश्यले आएको बताएका छन्। एमसीसीमाथि आइतबार भइरहेको सैद्धान्तिक छलफलमा भाग लिएर ठाकुरले एमसीसी त्यसै नआएको बताए। नेपालले क्राइटेरिया पूरा गरेकाले आएको उनको भनाइ छ।
'नेपाललाई सात दशकदेखि अमेरिकाले विकास साझेदारको रुपमा सहयोग गर्दै आएको छ। राष्ट्रिय जीवनको हरेक क्षेत्रमा उसको केही न केही सहयोग देखिन्छ। यो सहयोग अनुदानको रुपमा आएको छ', उनले भने।
नेपाल सरकारले तोकेको क्षेत्र यो सहयोग खर्च हुने उनले बताए। आफ्नो पार्टी लोसपा एमसीसीको पक्षमा रहेको उनले बताए।
ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।