काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीका विषयमा नेपालले राखेको रिर्जभेसन अमेरिकाले सम्बोधन हुने ग्यारेन्टी हुनुपर्ने माग गरेका छन्।
आइतबार संसद् बैठकमा बोल्दै खनालले नेपालका तर्फबाट भएको पहल सम्बोधन हुनेमा संसद् ढुक्क हुन चाहेको बताए।
‘एमसीसीका विषयमा हामीले राखेको रिर्जभेसन सुनिश्चित गर्न ग्यारेन्टी हुनुपर्छ। त्यसमा सदनले सुनिश्चितता चाहेको छ’, खनालले भने, ‘हाम्रा रिर्जभेसनहरु सम्बोधन हुन्छ भन्ने कुराको सुनिश्चितता भयो भने हामी सकारात्मक ढंगले सोच्छौं।’
अमेरिकाको सहयोग लिन नहुने पक्षमा आफूहरु नभएको खनालले जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।