काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले अमेरिकी अनुदान सम्झौता (एमसीसी) संसदबाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफलमा सहभागी हुँदै नेता खनालले अमेरिका 'चल्तीको शिखर'बाट तल झर्न खोजिरहेको पनि बताए।
‘चीन राइज गर्दै छ। चीन राईज भएकोमा अमेरिका आपत्ति गर्दै छ,’ खनालले भने, ‘चीनको राइज (उदय)लाई कसरी रोक्ने भन्ने चिन्ता छ? त्यसका लागि अमेरिकाले तिब्बत, हंङकङ बनाएको छ।’
अमेरिकाले एमसीसीका माध्यमबाट नेपालमा राजनीति गर्न खोजेको पनि खनालले टिप्पणी गरे।
एमसीसीका विषयमा दफा दफामा छलफल गर्ने वातावरण बनाउन पनि खनालले प्रधानमन्त्रीलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।