काठमाडौं- नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले एमसीसीको विपक्षमा जनताले सडकमा उठाइरहेको आवाजलाई सदनले सुन्नुपर्ने बताएका छन्।
'देशप्रति घात हुन्छ कि भनेर जनता चिन्तित रहेका छन्। देशको पक्षमा सदन, सडक वा सरकारबाट पनि आवाज उठाउन सकिन्छ। आज जनताले जुन उठाइरहेका छन्। त्यसलाई सदनले सुन्नुपर्छ', उनले भने।
आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले देशको पक्षमा जहाँसुकैबाट पनि आवाज उठाउन सकिने बताए।
उनले सांसद्हरु भेडाबाख्रा नभएको बताए। एमसीसी अन्तर्गतको परियोजना कार्यान्वयका लागि पटकपटक भएका सम्झौताका दस्तावेजहरुलाई सांसद्हरुले हेर्न पाउनुपर्ने उनको भनाइ छ। तिनीहरुलाई सदनमा वितरण गर्न उनले माग गरे।
आफू प्रधानमन्त्री हुँदा एमसीसीको विषयमा कुनै खालको निर्णय नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।