काठमाडौं- नेकपा एकीकृत समाजवादीले एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको छ। सो पार्टीको आज बिहान ११ बजेदेखि साढे तीन घण्टासम्म बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।
व्याख्यात्मक घोषणा आफूहरुको आन्दोलनकै परिणाम भएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। उनले व्याख्यात्मक घोषणालाई ठूलो सफलताको रुपमा लिएको बताए।
एमसीसी आजैको प्रतिनिधि सभाको बैठकबाट पारित हुने सत्ता गठबन्धनको निर्णय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।