काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। सैद्धान्तिक छलफलका लागि प्रत्येक सांसदलाई ५ मिनेट समय छुट्टयाइएको छ।
बैठकलाई एमालेले अवरोध गर्दै आएको छ। गत भदौदेखि जारी अवरोध आइतबार पनि जारी राखिएको हो। सभामुखले बैठक सुरु गर्नासाथ एमालेका सांसद्हरु बैठक अवरोध गर्नका लागि वेल घेराउ गर्न अघि बढेका थिए।

तर, एमालेले वेल घेराउ जारी राखे पनि सोही पार्टीका सांसद् भीम रावलले भने सैद्धान्तिक छलफलमा भाग लिएका छन्। उनी रोस्ट्रममा पुगेर एमसीसीको विपक्षमा धारणा राखेका छन्। एमसीसीले राष्ट्रिय हितमा गम्भीर आघात पुर्याउने उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।