काठमाडौं– प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो।
सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको दलको आन्तरिक बैठकका कारण १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सारिएको थियो। संसद् बैठक अब केहीबेरमा बस्नेछ।
एमसीसीमाथि सैद्धान्तिक छलफलको कार्यसूची तय गर्न बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।