काठमाडौं– प्रतिनिधि सभाको बैठक एक घण्टा पछि सारिएको हो। आज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको हो।
नेकपा एकीकृत समाजवादीको आग्रहमा बैठक सारिएको संसद् सचिवालयले जनाएको छ। समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ आफैं पुगेर बैठक सार्नका लागि आग्रह गरेका थिए।
प्रतिनिधि सभाको आजैको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने तयारी गरिएको छ। बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आजको पहिलो बैठकमा सैद्धान्तिक छलफल गरिने र आजै बस्ने दोस्रो बैठकमा निर्णयार्थ पेस गर्ने सहमति गरेको थियो।
व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सत्ता साझेदर दरूहरू सहमत भएसँगै एमसीसी अनुमोदनको बाटोमा अघि बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।