काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानले एमसीसीका विषयमा माओवादीले गरेको निर्णय आधिकारिक नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै न्यौपानेले एमसीसीजस्तो मुलकलाई घात गर्ने निर्णय केन्द्रीय समितिबाट गर्नु पर्ने माग गरेका छन्।उनले अध्यक्ष प्रचण्डको एकल निर्णय मान्न नसकिने समेत बताएका हुन्।
मुलुकलाई दीर्घकालिन असर पर्ने गम्भीर विषयमा प्रचण्डको एकल निर्णयले कांग्रेस–एमालेजस्तै राष्ट्रघाती कित्तामा उभ्याउने उनको टिप्पणी छ।
‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ। महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अवस्था छ’ न्यौपानले लेखेका छन्, ‘एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने? यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता हुनुपर्ने। हालको निर्णय आधिकारिकत होइन। आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।