काठमाडौं- अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौता (एमसीसी) आजै अनुमोदन हुने भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अन्मोदन गर्ने निर्णय गरेको हो।
'आजैको दोस्रो बैठकले एमसीसी पारित गर्छ,' बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने।
२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको थियो। तर, पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो।
तर, सत्ता गठबन्धन आबद्ध दलहरु व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहमत भएपछि आजैको बैठकले एमसीसी अनुमोदन गर्न लागेको हो।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।