काठमाडौं– नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झाैता अनुमाेदन गर्ने निर्णय गरेको छ।
आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टीका निवर्तमान स्थायी समिति सदस्यहरुको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको नेता शक्ति बस्नेतले नेपाल लाइभलाई बताए।
एमसीसी सम्झौतालाई लिएर सत्ता गठबन्धन भत्कने अवस्था आएपछि सत्ता गठबन्धनभित्र नयाँ विकल्पमा छलफल अघि बढेको थियो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग संवाद अघि बढाएपछि गठबन्धनका अन्य दुई घटक, माओवादी र नेकपा एकीकृत समाजवादी दबाबमा परेका थिए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसीसीबारे व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार पारिसकेको छ।
अन्ततः त्यो विकल्पले मूर्तरुप पाउने तय भएपछि माओवादी एमसीसी अनुमोदनको पक्षमा उभिन तयार भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।