काठमाडौं– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहान ११ बजे बस्दैछ।
अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभा संसदको बैठक बस्दैछ । संसदबाट एमसीसी अनुमोदन लगायत वर्तमान राष्ट्रिय राजनीतिमा देखा परेका समस्या समाधानका विषयमा दलहरुले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।
खासगरी, नेकपा (एस)ले भने यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने र यसको विपक्षमा मतदान गर्ने बताउदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।