काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन्। एमसीसीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। बैठक बिहान ९ बजेपछि सुरु हुनेछ।
बैठकमा एमसीसीका विषयमा गए राति बनेको सहमतिलाई अन्तिम रूप दिनेबारे छलफल हुने स्रोतको भनाइ छ।
एमसीसीका विषयमा सहमति जुटाउन भन्दै अन्य दलका नेताहरुसँग विभिन्न चरणको छलफलमा जुटेका महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलगायतलाई पनि बैठकमा बोलाइएको स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।