फाइल तस्बिर
काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
सभामुख सापकाटाले आज (आइतबार) बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने गरी बोलाइएको छ।
कार्यव्यवस्थाको बैठकले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ। बैठकमा संसद्मा जारी अवरोधलगायत विषयमा समेत छलफल हुने जनाइएको छ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी हुने वा नहुने बारे कुनै टुंगो छैन। यसअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेले निरन्तर बहिष्कार गर्दै आइरहेको छ। एमालेले लामो समयदेखि लगातार संसदसमेत अवरुद्ध गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।