काठमाडौं – नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सरेको छ। शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन सार्ने निर्णय गरेको हो।
कार्यसमितिको निर्णय अनुसार जिल्ला अधिवेशन फागुन २७ र २८ गते हुने भएको छ। फागुन २७ गते उद्घाटन सत्रपछि मनोनयन दर्ता गरी २८ गते निर्वाचन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सह–महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह–सचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायत सहभागी थिए।
यसअघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।