• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निरन्तर संवादमा कांग्रेस-एमाले, सहकार्यको सम्भावना कति?

64x64
नेपाल लाइभ शनिबार, फागुन १४, २०७८  १५:४५
1140x725

काठमाडौं– सत्ता साझेदार दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारले संसद्‌मा टेबल गरेको एमसीसीका विपक्षमा भोट हाल्ने निर्णय गरेका छन्। उक्त निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेसँग संवाद बढाए। बिहीबार दिउँसोबाट सुरु भएको संवाद तीन चरणमा भइसकेको छ।

शनिबार फेरि संवाद गर्ने तयारी छ। बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन्। 

'हामीलाई संसद्‌मा बस्ने वातावरण बनाउनुस्। हामी सहभागी भएर मुलुकको समस्या समाधानका लागि तयार छौं भनेर हामीले भन्यौं,' ज्ञवालीले शुक्रबार बैठकपछि भनेका थिए, 'भोलि (शनिबार) पनि हामी बस्छौं। छलफल गर्छौं।'

छलफलका क्रममा ओलीले लोकतान्त्रिक मूल्य मान्यताका लागि आफूहरु (कांग्रेस–एमाले) एक ठाउँ उभिनुपर्ने प्रस्ताव गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ।

'उहाँ (ओली)ले हामीले धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं, लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ। हामीलाई संसद्‌भित्र प्रवेश गर्ने द्वार खुलेको छैन, त्यो द्वार खोलिदिनुस् भन्नुभो,' कार्कीले भेटवार्तापछि भने। कांग्रेस 'दुई कदम अगाडि' बढ्न तयार रहेको अवगत ओलीलाई गरेको कार्कीको भनाइ छ।

सभामुख हटाउन कति सहज?
एमसीसीमा साथ दिन  प्रधानमन्त्री  देउवा समक्ष नेकपा एमालेले केही सर्त राखेको थियो। तीमध्ये मुख्य दुई सर्त हुन्, सभामुख अग्निप्रसाद सापकोटा वा एकीकृत समाजवादीका १४ सांसद हटाउनुपर्ने। १२६ दिनदेखि संसद्‌ अवरोध गरिरहेको एमालेले यी सर्त पूरा गर्ने कांग्रेसको प्रतिबद्धता खोजेको छ। 

संसद्‌को गणित हेर्दा सभामुख हटाउने एमालेको सर्त पूरा गर्न कांग्रेसको प्रतिवद्धताले मात्रै पुग्दैन। जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत मनाउनुपर्ने हुन्छ। जसपासँग अहिले १९ र लोसपासँग १३ सांसद् छन्।

संविधानको धारा ९१ अनुसार सभामुखले पदअनुकूल आचरण नगरेको भन्दै लगिएको महाभियोगको प्रस्ताव पास हुन तत्काल कायम प्रतिनिधि सभा सदस्यको दुईतिहाइ आवश्यक पर्छ। हाल संसद्‌मा २७१ सदस्य छन्। तीमध्ये १८१ ले महाअभियोगका पक्षमा उभिनुपर्छ। तर, एमालेसँग ९८ र कांग्रेस ६१ गरी जम्मा १५९ छन्। सभाको तत्काल कायम सदस्य संख्याको दुई तिहाइबाट पारित भएमा मात्रै सभामुख पदबाट हट्छन्।

nimb
nimb

यो प्रक्रियामा जाँदा एमसीसी पास हुने सम्भावना रहन्छ। प्रतिनिधि सभा नियमावली २०७५ मा सभामुखविरुद्धको प्रस्ताव छलफल हुने दिन प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्न नपाउने व्यवस्था छ। भनिएको छ, 'नियम २०७ बमोजिम पेस भएको प्रस्ताव सभामुखको विरूद्ध भएमा सो प्रस्तावमाथि छलफलको लागि तोकिएको दिन प्रतिनिधि सभाको अध्यक्षता उपसभामुखले गर्नेछ। सभामुख र उपसभामुख दुवै उपर यस परिच्छेद बमोजिमको प्रस्ताव एकै पटक पेस भएको अवस्थामा नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न मनोनीत व्यक्ति मध्येको ज्येष्ठ सदस्यले गर्नेछ।'

उपसभामुख नभएकाले ज्येष्ठ सदस्यले प्रतिनिधि सभा बैठकको अध्यक्षता गरेकै दिन एमसीसी निर्णायार्थ प्रस्तुत हुन्छ। यस्तो हुँदा एमसीसी पारित हुन्छ। किनकि एमसीसी पारित हुन उपस्थित संख्याको बहुमतले मतदान गर्दा पुग्छ। एमसीसी पास गर्न कांग्रेस एमालेको संख्या पर्याप्त छ।

एमसीसी पास भएपछि कांग्रेस सहमतिअनुसार सभामुखविरुद्धको महाअभियोगका पक्षमा उभिन सक्छ।

१४ सांसदको मुद्दामा तर्क
एमालेले संसद्‌को अवरोध हटाउन एकीकृत समाजवादीका १४ सांसदलाई कारबाही गरेको सूचना संसद्‌मा टाँस्नुपर्ने माग देउवा समक्ष दोहोर्‍याएर राखेको छ। सभामुखमा सापकोटा नै रहेको अवस्थामा उक्त माग पूरा नहुने भएकाले महाअभियोग प्रस्ताव पारित गर्नैपर्ने एमालेलाई लागेको छ।

तर, एमालेका यी माग पूरा गरुन्जेलसम्म एमसीसीले अन्तिम समयका लागि दिएको समयसीमा समेत घर्किने प्रधानमन्त्री देउवाको बुझाइ छ। त्यसकारण अहिले एमसीसी पास गर्ने र एमालेले राखेका माग विस्तारै पूरा गर्दै जाने विश्‍वासमै सहमति होस् भन्ने देउवाको चाहना छ।

एमाले आफैंले १४ जना सांसदको मुद्दा सर्वोच्च पुर्‍याएको छ। सर्वोच्चमा पुगेको मुद्दामा प्रधानमन्त्रीले सहमति गर्ने कुरा पनि सहज नरहेको छलफलमा सहभागी एक कांग्रेस नेता बताउँछन्। 'अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्री देउवाले बाहिर सहमति गर्नु न्यायको सिद्धान्तका दृष्टिले सही होइन। त्यसका लागि अदालत नै कुर्नुपर्ने हाम्रो तर्क छ,' एक कांग्रेस नेताले भने।

एमालेले भने अदालतभन्दा अघि यो संसद्‌मा पुगेको हुनाले संसद्‌कै कार्यक्षेत्र पहिले आकर्षित हुने तर्क राखेको छ।

एमालेका एक नेता  भन्छन्, 'एमालेले १४ सांसदलाई कारबाही गर्ने निर्णय गर्दै पदमुक्त गर्ने निर्णय साउन २५ मा गरेर भदौ १ गते संसद्‌ सचिवालयमा पठाएको थियो। त्यही मिति नै आकर्षित हुन्छ। सभामुखले प्रक्रियाअनुसार काम नगरेको भनेर हामी पछि भदौ १६ मा अदालत गएका हौं। त्यही विषयमा सापकोटालाई महाअभियोग लागेपछि प्रक्रिया भदौ १ बाटै सुरु हुन्छ।'

त्यसपछिदेखि आफूहरुले संसद्‌मा 'अवैधानिक' सांसद् रहेको बताएको उनको दाबी छ।

गठबन्धन तोड्नु नै उपलब्धि
पाँचदलीय गठबन्धन ओलीलाई सत्ताच्युत गर्न बनेको हो। तर, एमसीसीको खड्को समेत यसले पार गर्न सक्यो भने ओलीलाई आगामी पाँच वर्ष सत्ताको ढोका समेत चिहाउन नदिनेगरी बलियो हुन सक्छ। केन्द्रको मात्रै होइन, गाउँका सिंहदरबारमा पनि गठबन्धनले एमालेलाई अप्ठ्यारो पार्न सक्छन्।

स्थानीय तहको चुनाव समेत घोषणा भइसकेको अवस्थामा एमाले गठबन्धन भत्काउन कसरतमा छ। माथिका दुई सर्त पूरा हुने निश्चित नहुँदा पनि एमालेले कांग्रेससँग सहकार्य गर्ने सम्भावना छ। किनभने सत्ता गठबन्धन भत्काउन सकेको खुसीमा बाँकी मुद्दा तपलशीलमा राख्न सक्छ। कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छाड्दा आगामी निर्वाचन एमालेलाई सहज हुन सक्छ।

कांग्रेसले माथिका दुई विषयमा सैद्धान्तिक सहमति जनाइदिएमा एमाले संसद्‌ अवरोध खुलाएर एमसीसीका पक्षमा भोट हाल्ने सम्भावना रहन्छ। किनभने ओली एमसीसीको नभइ वर्तमान गठबन्धन विरोधी हुन्। 'अप्राकृतिक गठबन्धन' भत्काउनुलाई नै उपलब्धि ठानेर संसद्‌ खुलाउने सम्भावना कायम छ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवाको टिमुरेमा चार दिनपछि सात वर्षीया बालिकाको जीवितै उद्धार
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
रसुवाको टिमुरेमा चार दिनपछि सात वर्षीया बालिकाको जीवितै उद्धार शनिबार, भदौ १३, २०८३
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज शनिबार, भदौ १३, २०८३
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा शनिबार, भदौ १३, २०८३
थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप एक साता शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्