काठमाडौं–एमसीसीका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको निर्णायक बैठक बस्दै छ।
शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक शनिबार पनि बस्दै छ र एमसीसीका बारेमा बैठकले टुंगो लगाउने छ।
शुक्रबारको बैठकमा एमसीसीको सम्झौतापत्र अध्ययनका सदस्यहरुका लागि वितरण गरिएको र उक्त सम्झौतापत्रका बारेमा नेताहरुले आज धारणा राख्ने कार्यक्रम छ। त्यसपछि यसबारे पार्टीले धारणा बनाउने बताइएको छ ।
ललितपुरको इमाडोलमा रहेको इन्द्रेणी पार्टी प्यालेसमा बैठक शुक्रबार बसेको हो। जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच एमसीसी, स्थानीय निर्वाचन र समसायिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने समझदारी भएको थियो।
तर, त्यस समझदारीविपरीत उपेन्द्रले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका भट्टराई पक्षको भनाइ छ।
एमसीसीका विषयमा जसपामा भट्टराईपक्ष तत्काल पारित गर्नुपर्ने पक्षमा छन् भने यादवपक्ष पारित गर्न नहुने अडानमा छ।
पार्टीमा उपेन्द्र अल्पमतमा भएकाले एमसीसीका विषयमा जसपाले कस्तो निर्णय लिन्छ भन्ने त्यसलाई महत्त्वकासाथ हेरिएको छ। जसपामा ३५ सदस्यीय कार्यकारिणी समिति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।