• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसीको समयसीमा लम्ब्याउने प्रयत्नमा सत्ता गठबन्धन, सहमतिका यी विकल्पमा भइरहेछ छलफल 

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १३, २०७८  १९:०७
1140x725

काठमाडौं– बिहीबार अबेरसम्म नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच सघन छलफल चलिरहँदा सत्ता गठबन्धन टुट्न लागेको विश्लेषण भए। बिहीबार तय भएको प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद् भवन बानेश्वरमै छलफल भयो। उनीहरुबीच सामूहिक र एक्लाएक्लै छलफल भएको थियो। बिहीबार बेलुका ओली आफ्ना विश्वास पात्रसहित देउवालाई भेट्न बालुवाटार पुगे। जसै, एमाले–कांग्रेसको छलफल तीव्र बन्यो सत्ता गठबन्धन धरापमा परेको चर्चा हुन थाल्यो। 

तर, २४ घण्टा नबित्दै राजनीतिक घटनाक्रममा फेरबदल आयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै छलफल गरे। प्रचण्ड–नेपालबीच पनि छलफल भयो भने देउवाले पनि कांग्रेसका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरे। र, त्यसपछि भएको देउवा–प्रचण्डबीचको छलफल सत्ता गठबन्धन जोगाउने विषयमा ‘सकारात्मक’ रहेको उनीहरुनिकट नेताले बताएका छन्। 

सत्ता गठबन्धनभित्र देखापरेको संकट पार लगाउने सम्भावना कति छ भन्ने त अबका दुई दिनमा प्रष्ट हुने नै छ। किनभने यो सब भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार साँझ बालकोट पुगेर प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्षसँग फेरि वार्ता गरेका छन्।

यसरी भत्कने संघारमा पुगेको सत्ता गठबन्धन जोगिने अवस्थातर्फ उन्मुख रहेको नेताहरूको दाबी छ। सत्ता गठबन्धनभित्र नयाँ विकल्पमा पनि छलफल सुरु भएको छ। एमसीसी पनि पारित हुने र गठबन्धन पनि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म निरन्तर रहनेगरि छलफल अघि बढेको नेताहरु बताउँछन्। 

सत्ता गठबन्धनमा सहमति हुने र एमालेका सबै माग पूरा गर्न सकिने अवस्था नदेखिएपछि सरकारको आग्रहमा शुक्रबार एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु गर्ने भनेर तय गरिएको प्रतिनिधि बैठक समेत आइतबारसम्मका लागि स्थगित भएको छ।

१६ गतेको सीमामा अमेरिका 'लचिलो'
एमसीसी सम्बन्धी सम्झौता फागुन ८ गते प्रतिनिधि सभामा टेबल भयो। तर, त्यसपछिका बैठक स्थगित हुँदा यसमा सैद्धान्तिक छलफल अघि बढ्न सकेको छैन। अमेरिकाले यसअघि फागुन १६ गते (फेब्रुअरी २८) सम्म सम्झौता अनुमोदन हुनुपर्ने समयसीमा दिएको सार्वजनिक भएको थियो। तर, अमेरिका यसमा लचिलो बन्न सकारात्मक रहेको स्रोतहरु बताउँछन्।

अमेरिका फागुन १६ गते नै सम्झौता पारित हुनुपर्ने अडानमा नरहेको एमसीसी र बालुवाटारबीच समन्वय गरिरहेका एक अन्तर्राष्ट्रिय कानुनका जानकारले बताए।

‘सुरुमा संसदीय प्रक्रियामै एमसीसी प्रस्ताव प्रवेश नगरेका कारण फ्रेबुअरी २८ को समयसीमा अमेरिकाले सम्झाएको हो’, उनले भने, ‘नेपालबाट लेखिएको पत्रमा समेत सोही मिति माग भएकाले यसलाई समयसीमा भनिएको थियो। तर, अब संसदीय प्रक्रियामा प्रवेश गरेकाले यही मितिभित्र पारित नै गर्नुपर्ने बाध्यता छैन।’ 

nimb
nimb

संसद्‌मा छलफल हुन केही समय लाग्ने, बहस र छलफल हुने विषय अमेरिकीहरुले बुझेकाले लचिलो हुने संकेत गरेको र प्रधानमन्त्रीले यहीकारण छलफललाई तीव्रता दिएको बताइन्छ। त्यही समयसीमाको वरपर सम्झौता अनुमोदन गर्नेगरि पहल सुरु भएको बताइन्छ। 

समयसीमाभन्दा ठीक अघिल्लो दिन आइतबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ। हालसम्म एमसीसीमा सामान्य छलफल समेत हुन सकेको छैन। एमसीसी टेबलमात्र भएकाले सामान्य छलफलमा कम्तिमा दुई दिन समय दिनुपर्ने देखिन्छ। उक्त प्रस्तावमा प्रतिनिधि सभामा कायम रहेका सबै राजनीतिक दलका सांसदहरुमध्ये केहीले मात्र बोल्न समय मागे पनि समय उपलब्ध गराउनुपर्ने छ।

सांसदहरुले उठाएको प्रश्नमा जवाफ समेत दिनुपर्ने भएकाले समय लाग्ने देखिन्छ। त्यस्तै, गठबन्धनभित्र एमसीसी सम्झौता अनुमोदन गर्न सहमति भएमा नयाँ केही प्रस्ताव पनि सँगै लैजाने आन्तरिक तयारी भइरहेको छ। व्याख्यात्मक घोषणा, संकल्प प्रस्ताव वा अन्य कुनै प्रस्ताव पेस हुने भएमा केही दिन उक्त प्रस्तावमा छलफल हुने छ। त्यसकारण सोमबारसम्म उक्त प्रस्ताव पारित हुने देखिँदैन। बालुवाटारले यही कुराको जानकारी एमसीए नेपाल हुँदै एमसीसीको मुख्यालयलाई समेत अनौपचारिक रुपमा जानकारी गराएको स्रोतको दाबी छ।  

के हुन् सत्ता गठबन्धनका विकल्पहरू?
सत्ता गठबन्धनका दलहरुका बीचमा केही विकल्पहरुमा आन्तरिक र गोप्य रुपमा छलफल चलिरहेको छ। केही दिन अघि यस्तै एक विकल्प नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अघि सारेका थिए। उनले संकल्प प्रस्तावको रुपमा तयार पारेको उक्त प्रस्तावमा सत्ता गठबन्धनभित्र रहेका दलहरुको एमसीसीमाथिका असहमतिका बुदाँहरु संसद्‌मा प्रस्तावको रुपमा लैजाने र त्यसलाई पारित गराउने भनिएको थियो। 

संकल्प प्रस्तावमा नेपालभित्र काम गर्नका लागि निश्चित शर्तहरु राख्ने र उक्त कुरा नभएको अवस्थामा सम्झौता तोडिने व्यवस्था राख्ने प्रस्ताव गरिएको थियो। त्यस्तै, सोही समयमा प्रतिनिधि सभा विघटन विरुद्धको पछिल्लो फैसलाअघिको कानूनी लडाइँमा सक्रिय एक वरिष्ठ अधिवक्तालाई माओवादी र एकीकृत समाजवादीको तर्फबाट विकल्पहरुको तयारीको जिम्मा दिइएको छ। 

अर्को विकल्पको रुपमा माओवादी र एकीकृत समाजवादीले असहमति जनाएका बुँदा समावेश गरेर एउटा प्रस्ताव बनाउने भनिएको छ। उक्त प्रस्तावमा नेपाल सरकार र एमसीसीले संयुक्त हस्ताक्षर गरेर त्यसलाई केही प्रस्तावको रुपमा संसद्‌मा अनुमोदन गराएर लैजान सकिने कुरा पनि अघि बढेको छ। अमेरिका र क्यानडाबीच यस्तै एक परियोजनाको विषयमा विवाद भएको इतिहास रहेकाले यो विकल्पमा पनि छलफल चलिरहेको स्रोतले जनाएको छ। 

मुख्य रुपमा यी दुई विकल्पमा छलफल चलिरहेको र अन्य कुनै सहमति हुनसक्ने विकल्प आएमा त्यसमा पनि छलफल हुनसक्ने स्रोतले बताएको छ। 

प्रधानमन्त्री देउवाले पनि महामन्त्री गगन थापादेखि कानुनविदसँग विकल्पहरुका बारेमा छलफल थालेका छन्। आजै उनले महामन्त्री थापा, उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग  छलफल गरेका थिए। माओवादी र एकीकृत समाजवादीलाई अटाएर लैजान सक्ने विकल्पहरुमा छलफल भएको एक नेताले बताए।

सत्ता गठबन्धन रहँदा र भत्कँदा पार्टीलाई पर्ने असरका बारेमा देउवाले पार्टीका नेताहरुसँग राय लिएका थिए। शुक्रबारको माओवादी केन्द्रका नेताहरुको अनौपचारिक बैठकमा पनि गठबन्धन जोगाउनेगरी एमसीसी अघि बढाउन सकिने विकल्पबारे छलफल भएको छ जसबारे अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर यसबारे जानकारी गराइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा
थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज शनिबार, भदौ १३, २०८३
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा शनिबार, भदौ १३, २०८३
थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप एक साता शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्