काठमाडौं- नेकपा (एमाले)का पूर्वनेता बामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्। एक वर्षपछि प्रचण्डनिवास खुमलटार पुगेर उनले भेटवार्ता गरेका हुन्।
नेकपाकालमा उपाध्यक्ष रहेका गौतम पार्टी विभाजनपछि 'एकता अभियान'मा सक्रिय भएका थिए। नेकपा (एमाले) पनि विभाजित भएपछि उनी पार्टीविहीन भएका छन्।
पछिल्ला समय 'राष्ट्रिय एकता अभियान'का नाममा सक्रिय गौतमले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग छलफल गरेका हुन्। गौतम अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदनको विपक्षमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।