काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन्।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को सन्दर्भमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
बालुवाटारमा देउवालाई भेट्न अघि प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो।
सिंहदरबारमा नेपालसँग छलफल गरेपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।