काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका चार नेता छलफलमा जुटेका छन्। उनीहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा संवाद जारी छ।
छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।
सत्ता गठबन्धन बचाएर एमसीसी पारित गर्ने विषयमा माओवादी र एकीकृत समाजवादी लचिलो बनेपछि पार्टीको धारणा तय गर्न कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको हो।
आइतबारका लागि सारिएको संसद् बैठकबाट एमसीसी अनुमोदन गर्ने कांग्रेसको प्रयत्न छ। सत्ता गठबन्धनमा एमसीसी संसद्बाट अनुमोदन गराउनका लागि 'विकल्प' समेत खोजी सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।