फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्।
एमसीसीको प्रक्रियामा भाग लिँदै आएका पार्टीका पूर्वनेताहरुलाई ढुङ्गा नहानिएको तर आफूलाई हानेको भन्दै ओलीले रोष व्यक्त गरेका छन्।
‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’, जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, ‘कांग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता गर्नेलाई कसैले ढुङ्गा हान्दैन। म बाटोमा हिंड्छु। ढुङ्गा हान्छन्।’
सरकारमा बस्नेले आफ्ना कार्यकर्ता पठाएर बाटो भत्काउन लगाएको ओलीले आरोप लगाए। आफूले सरकार छोडेपछि विकासको कुरै नसुनेको उनको भनाइ थियो। गठबन्धनकै मात्रै कुरा भएको बताउँदै ओलीले प्रश्न गरे, ‘गठबन्धन के का लागि? भ्रष्टचारका लागि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।