काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य गणेशमान गुरुङ नेकपा एमालेमा प्रवेश गरेका गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई पार्टी भित्र्याएका हुन्। जसपाका नेता अशोक राईनिकट गुरुङ शुक्रबार पुनः एमालेमै फर्किएका हुन्। गुरुङलाई स्वागत गर्न ओली पोखरा पुगेका थिए।
सोही कार्यक्रममा जसपा, कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन्। स्वागत कार्यक्रममा बोल्ने क्रममा ओलीले देश बनाउने महान कार्यमा अन्य दलबाट एमालेमा प्रवेश गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।