काठमाडौं– सत्ता गठबन्धन कायमै राखेर अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्नका लागि सत्तारुढ दलका नेताहरु फेरि छलफलमा जुटेका छन्।
आफ्ना अडानमा लचिलो हुँदै एमसीसी अनुमोदन गर्नका लागि सत्ता गठबन्धन तयार देखिएका छन्। एमसीसी सम्झौताको विपक्षमा उभिएका सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन जोगाउने निर्णय गरेसँगै विकल्पमा छलफल सुरु भएको हो।
माओवादी केन्द्रले आफ्नो ‘रिजर्भेसन’ कायम नै राखेर विकल्पमा छलफल गर्न तयार रहेको जनाएको छ। एमसीसी सम्झौतका लागि संसदको विशेष समिति बनाउने, विज्ञको राय लिने वा संसदीय समितिमा पठाउनेलगायत विषयमा छलफल हुनसक्ने विकल्प माओवादीले अघि सारेको छ।
एकीकृत समाजवादीले संशोधनको लागि एमसीसीसँग एकपटक आग्रह गर्ने कि भन्ने आशय व्यक्त गरेको छ। विकसित पछिल्लो घटनाक्रममा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई बालुवाटार डाकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।