काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने बताएका छन्।
शुक्रबार माओवादी केन्द्रको निवर्तमान स्थायी समिति सदस्यहरूको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको भएपनि सत्ता गठबन्धन जोगाउन अन्तिमपटक छलफल गर्ने सहमति भएको हो। सत्ता गठबन्धन जोगाउने विकल्पमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा सहभागी दलसँग छलफल गर्ने बस्नेतले बताए।
‘हामी सकेसम्म यही गठबन्धन जोगाएरै जाउँ भन्नेमा छौं। किनकी गठबन्धन विशेष परिस्थितिमा निर्माण भएको हो। त्यसका लागि कुन कुन विकल्पमा जान सकिन्छ त्यसमा प्रधानमन्त्रीज्यूसहित सत्ता साझेदर दलसँग छलफल गर्छौं’, बस्नेतले भने, ‘गठबन्धन जोगाउनै नसकिने अवस्थामा पुगियो भने त्यसमा के गर्ने त्यसपछि निर्णय हुन्छ।’
प्रधानमन्त्री देउवासँग एकपटक थप छलफल गरेमा निकास निस्कन सक्ने माओवादी अपेक्षा छ। यद्यपि, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेका छन्। यस्तो अवस्थामा सत्ता गठबन्धन बचाइराख्न नसकिने कांग्रेसको अडान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।