काठमाडौं– एमसीसीका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ।
निर्धारित समयभन्दा झण्डै २ घण्टा ढिला गरेर ललितपुरको इमाडोलमा रहेको इन्द्रेणी पार्टी प्यालेसमा बैठक सुरु भएको हो। जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच एमसीसी, स्थानीय निर्वाचन र समसायिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने समझदारी भएको थियो।
तर, त्यस समझदारीविपरीत उपेन्द्रले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका भट्टराई पक्षको भनाइ छ। एमसीसीका विषयमा जसपामा भट्टराईपक्ष तत्काल पारित गर्नुपर्ने पक्षमा छन् भने यादवपक्ष पारित गर्न नहुने अडानमा छ।
पार्टीमा उपेन्द्र अल्पमतमा भएकाले एमसीसीका विषयमा जसपाले कस्तो निर्णय लिन्छ भन्ने त्यसलाई महत्त्वकासाथ हेरिएको छ। जसपामा ३५ सदस्यीय कार्यकारिणी समिति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।