काठमाडौं– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका जन संगठनहरुले एमसीसी पास नगराउन दवाव सिर्जना गर्न खबरदारी सभा गर्दैछन्। आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा खबरदारी सभाको कार्यक्रम राखिएको छ।
खबरदारी सभामा विज्ञ समूहले एमसीसीका विषयमा बहस गर्ने कार्यक्रम रहेको छ। एमसीसी परियोजना अहिलेको स्थितिमा अनुमोदन गर्न नसकिने एकीकृत समाजवादी पार्टीले निर्णय गरिसकेको छ।
समाजवादीका जनवर्गीय संगठनहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।