काठमाडौं– सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट सुरु हुँदैछ।
आन्तरिक विवादका कारण जसपाको कार्यकारिणी समितिको बैठक बस्न सकेको थिएन। पछिल्लो समय एमसीसीको विषयलाई लिएर जसपाभित्र नै अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद देखिएपछि बैठक बस्न लागेको हो।
जसपा पार्टी कार्यालयका अनुसार वालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो। आजको बैठकमा मुख्य रुपमा एमसीसी परियोजनाको विषयमा नै छलफल केन्द्रीत हुने बताइएको छ। त्यस्तै स्थानिय तहको निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने कार्यक्रम रहेको छ।
पार्टीको विधान सम्मेलन लगायतका विषय पनि बैठकका एजेन्डा रहेको नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।