• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले र कांग्रेस फेरि सँगै हिँड्लान्?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १३, २०७८  ०९:१०
1140x725
बिहीबार राति बालुवाटारमा बसेको कांग्रेस-एमाले नेताहरुको बैठक।

काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेसबीच बिहीबार दुई पटक छलफल भएको छ। दुवै छलफल दुई घण्टाभन्दा लामो भएको छ। संसद् भवन नयाँ बानेश्वर र प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलको निष्कर्ष हो, दुई पार्टीबीच नै सहकार्य र प्रतिस्पर्धा।

दुई पार्टीका शीर्ष तहका नेताहरु सहितको सामूहिक छलफल पनि भएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको छ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद् खुलाउने र एमसीसी पारित गर्ने विषयमा नै छलफल भएको बताएका छन्। तर, बैठकमा सहभागी अन्य नेताका अनुसार त्यो भेट त्यतिमा मात्रै सीमित छैन। दुई पार्टीबीचको दीर्घकालीन सहकार्यको सम्भावना र त्यसको आधारको खोजीमा केन्द्रित थियो।

‘एमसीसीको विषयमा कांग्रेस र एमालेबीच साझा धारणा छ। तर एक ठाउँमा उभिने अवस्था नबन्दा यो खेल नै फोहोरी बन्यो। एमसीसीमा दुवै पार्टीको दृष्टिकोण एउटै भएकाले एउटै ठाउँमा उभिनुपर्छ’, बैठकमा सहभागी एक नेताले भने, ‘जसरी संविधान निर्माणको बेलामा कांग्रेस र एमाले एक ठाउँमा उभिएका कारण देशले निकास पायो। अहिले पनि एक ठाउँमा उभिनुपर्छ। यही विषयमा आज छलफल भयो।‘

दोस्रो संविधान सभाको निर्वाचनपछि कांग्रेस र एमालेले मिलेर संयुक्त सरकार बनाएका थिए। त्यो सहकार्य संविधान जारी हुनेबेलासम्म कायम रहेको थियो।

अहिले पनि दुई पार्टीबीच सोही खालको सहकार्यको खोजी भइरहेको छ। तर दुवै पार्टीले तत्काललाई राखेको केही सर्तका कारण बिहीबारको दुवै छलफल निष्कर्षमा पुग्न सकेन। यस्तो विषयमा एकै भेट वा बैठकले निष्कर्ष ननिस्किनु स्वभाविक भएको नेताहरुको भनाइ छ।

कांग्रेसले तत्काललाई सदनमा जारी अवरोध अन्त्य गर्न र एमसीसीको पक्षमा उभिन एमालेलाई प्रस्ताव गरेको छ। १६ गतेअघि नै सम्पन्न गर्नुपर्ने यो कामले निष्कर्ष पाइसकेपछि एमालेको बाँकी सरोकारमा छलफल गर्ने प्रयत्न कांग्रेसको छ।

जसलाई एमाले सचिव योगेश भट्टराईले ‘ब्ल्यांक चेक’ भन्ने गरेका छन्। ‘प्रधानमन्त्री शेरबहादुरजीले एमालेसँग ब्ल्यांक चेक माग्नुभएको छ। एमालेले दिँदैन’, बिहीबार प्रतिनिधि सभा भवनमा पत्रकारहरुलाई भट्टराईले भनेका थिए।

nimb
nimb

एमालेले कांग्रेसलाई गठबन्धनभित्रैबाट परेको अप्ठ्यारोप्रति सहानुभूति राख्ने गरेको छ। तर, आफूले भदौदेखि जारी राखेको संसद् अवरोधलाई प्रतिष्ठाको विषय पनि बनाएको छ।

संसद् अवरोध अन्त्य गर्न र एमसीसीको पक्षमा उभिनका लागि आफ्नो ‘फेस सेभिङ’को भरपर्दो आधार उसले खोजिरहेको छ। त्यसैले उसका मुख्य दुई सर्त छन्।

पहिलो, नेकपा एकीकृत समाजवादीका १४ सांसदहरु, जसलाई आफूहरुले कारबाही गरेपछि पनि सभामुखको सहयोगका कारण पार्टी विभाजन सम्भव भएको एमालेको बुझाइ छ, उनीहरुको निष्कासन।

दोस्रो, एमाले विभाजनमा सहयोग बनेको भन्दै आफूले आरोपित गरिरहेको सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन।

एमसीसी पारित गर्ने सर्तमा कांग्रेस जस्तोसुकै माग पूरा गराउन पनि तयार छ। तर एमालेले उठाएका दुवै विषय प्राविधिक परेका छन्। १४ जना सांसदको विषयमा एमालेले सर्वोच्चमा मुद्दा हालेको छ। दोस्रो, सभामुख सापकोटालाई पदमुक्त गराउने आवश्यक संख्या कांग्रेस र एमालेसँग मात्रै छैन। सापकोटा विरुद्धको प्रस्ताव तत्कालै अघि बढाउँदा एमसीसी झनै गिजोलिने कांग्रेसको बुझाइ छ।

‘बिहीबारको संवादको निष्कर्ष भनेको अब कांग्रेस र एमाले सँगै हिँड्नुपर्छ भन्ने नै हो। तर त्यो यात्रा कसरी सुरु गर्ने भन्ने प्राविधिक विषयमा रोकिएका छन्’, कांग्रेसका एक नेता भन्छन्।

दुई पार्टीबीच सहकार्य हुनुअघिको पहिलो सर्त हो, अहिलेको सत्ता गठबन्धनको विभाजन। यो प्रयत्न एमालेले महिनौँअघिदेखि गर्दै आएको थियो।

बिहीबार बिहानदेखि त्यो गठबन्धन लगभग विभाजन भइसकेको छ। औपचारिक रुपमा घोषणा नभएको मात्रै हो। बिहीबार दिउँसोको कांग्रेस-एमाले भेटपछि कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए, ‘एमसीसीमा गठबन्धनको दलहरु एक ठाउँमा उभिन नसक्ने भनिसकेपछि बाँकी रहेको विषयमा उभिन्छौँ, यो विषयलाई हामी अहिले अनदेखा गरेर जाऔँ भन्ने अवस्था त रहँदैरहँदैन। यो गठबन्धन अगाडि जाने कुरामा समस्या आयो अब। आइ नै सक्यो। धरापमा परिसक्यो।‘

गठबन्धनकै नेता झलनाथ खनालले पनि गठबन्धनप्रति खासै मोह व्यक्त गरेनन्। बिहीबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका थिए, ‘गठबन्धन भनेको कुरा बन्छन्, बिग्रन्छन्, फेरि बन्छन्, फेरि बिग्रन्छन्। ऐतिहासिक प्रकियामा यी सब अस्थायी घटनाक्रम हुन्। यो देश, जनता र राष्ट्रको हितलाई कहिल्यै छोडिँदैन। त्यसमा दृढतापूर्वक हामी अगाडि बढ्छौँ।‘

कांग्रेस र एमाले दुवै माओवादी केन्द्रको व्यवहारका कारण पनि दिक्क भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो तेहेरो व्यवहारले किचलो बढ्ने गरेको निष्कर्षमा दुवै छन्।

ओली र प्रचण्डबीच त नेकपाको अन्तिम कालखण्डमै सम्बन्ध तिक्ततापूर्ण बनेको थियो। उनीहरुबीच वामगठबन्धन बन्नुअघि पनि राम्रो सम्बन्ध थिएन। एमसीसीका सन्दर्भमा प्रचण्डको भूमिकालाई लिएर देउवा पनि दिक्क छन्।

कांग्रेसका एक नेताको शब्दमा भन्दा, दुवै पार्टीहरु माओवादीसँग आजित भएका कारण कांग्रेस र एमाले सँगै हिँड्नुपर्छ भन्नेमा छन्।

तत्कालका लागि एमसीसी पारित गर्न एमालेको सहयोग लिने प्रयासमा कांग्रेस छ। त्यसपछि देउवा नेतृत्वको सरकारको निरन्तरताको विश्वास पनि खोजिरहेको छ। बाँकी विषयमा भने एमालेसँग जुनसुकै खालको सहकार्य गर्न ऊ तयार देखिएको छ।

सत्ता गठबन्धन टुटेमा प्रधानमन्त्री देउवाले तीस दिनभित्रमा विश्वासको मत लिनुपर्छ। त्यतिबेला एमालेले सघाउने र निकट समयमा निर्वाचनमा होमिने विषयमा एमालेले रुचि देखाएको छ।

संघीय सरकारमा आफू सहभागी नहुने तर केही प्रदेश सरकारहरु (विशेषगरी एकीकृत समाजवादी नेतृत्वको) नेतृत्व आफूले लिने तथा संघीय सरकारका केही नियुक्तिहरुमा आफ्नो भागबण्डा रहनुपर्ने जस्ता विषयमा पनि एमालेको रुचि रहेको नेताहरुको भनाइ छ।

दुई पार्टीबीच शुक्रबार पनि छलफल हुने बताइएको छ। तर, त्यसको समय र स्थान टुंगो लागेको छैन। यही छलफलले दुई पार्टीबीच ठोस सहमति बन्ने सम्भावना कम रहेको भए पनि छलफल भने थप सकारात्मक हुने दुवै पार्टीको विश्वास छ। ‘शुक्रबारको प्रतिनिधि सभाको बैठकअघि नै नयाँ कुरा त नआउला। तर कुराकानीचाहिँ अगाडि बढ्छ अब’, एक नेताको बुझाइ छ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टनेलमा फसेकाको उद्धारमा भारतीय विज्ञ टोली पनि खटियो
बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन
सम्बन्धित सामग्री
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
टनेलमा फसेकाको उद्धारमा भारतीय विज्ञ टोली पनि खटियो शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक शनिबार, भदौ १३, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्