काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एक्लाएक्लै भेटवार्ता भएको छ।
बिहीबार बेलुकी आफ्नो पार्टीका नेताहरु सहित बालुवाटार पुगेका ओलीले 'संयुक्त' भेटवार्ता सकिएपछि देउवासँग एक्लै छलफल गरेका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा र ओलीबीच करिब १५ मिनेट एक्ला–एक्लै भेटवार्ता भएको थियो।
'संयुक्त वार्तामा एमाले अध्यक्ष ओलीज्यूले आफूहरुले उठाउँदै आएको मुद्दा सम्बोधन हुनुपर्ने भन्ने खालको पुरानै अडान दोहोर्याउनुभयो। तर, संयुक्त बैठक सकिएपछि दुई नेताबीच छुट्टै वान–टु–वान भेट भयो,' प्रधानमन्त्री देउवा निकट स्रोतले नेपाल लाइभसँग भन्यो, 'वान–टु–वान भेटपछि दुवै नेताको भावभंगी सकारात्मक कुराकानी भएजस्तै देखिन्थ्यो। दुई नेताको भेटपछि माहोल पनि सकारात्मक बन्यो।'
संयुक्त वार्ताका क्रममा प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी) सबैको सहयोगमा पारित गर्नुपर्छ भन्ने प्रस्ताव राखेका थिए। जवाफमा ओलीले आफूहरुले संसदीय प्रक्रियामा सहभागी हुन एकीकृत समाजवादीका १४ सांसदलाई कारबाही गरिनुपर्ने आफ्नो पुरानै अडान दोहोर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।