काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संवाद भए पनि कुनै निष्कर्ष पुग्न नसकेको जानकारी दिए।
भेटवार्तामा संसद अवरोध खुलाउने विषयमा नै छलफल केन्द्रित भएको उनले बताए।
‘प्रधानमन्त्रीज्यूले सबैको सहयोगमा एमसीसी संसदबाट अनुमोदन गरौं भन्नुभयो। प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ,’ उनले भने, ‘हामी जुन कारणले संसदमा प्रवेश गर्न सकेका छैनौं त्यो कारण तपाईंलाई पनि थाहा छ। त्यो पुरा नहुँदा हामीलाई कठीनाइ छ भनेर उहाँ (ओली)ले भन्नुभयो।’
उनले संसदलाई प्रभावकारी र व्यवस्थित बनाउन वार्ता जारी रहने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।