काठमाडौं– अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरु पुनः छलफलमा जुटेका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु बिहीबार साँझ बालुवाटार पुगेका हुन्।
यसअघि दिउँसो संसद् भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो। त्यसलगत्तै एमाले नेताहरुले नेकपा (माओवादी केन्द्र)का नेताहरुसँग छलफल गरेका थिए।
एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि बालुवाटार पुगेका छन्।
छलफलमा कांग्रेसको तर्फबाट देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा सहभागी छन्। उनीहरूबीच बेलुका ७ बजेदेखि छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।