काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनपछि रिक्त रहेको विभिन्न विभागलाई पुर्णता दिएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम सात वटा विभागमा मनोनयन गरेका हुन्। भर्खर राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
यस्तो छ जिम्मेवारी
१. महामन्त्री राजेन्द्र गुरुङ– संयोजित संगठन समन्वय विभाग प्रमुख
२. प्रवक्ता मोहन श्रेष्ठ – प्रचार विभाग प्रमुख
३. प्रवक्ता गोपाल दाहाल– सम्पर्क समाज समन्वय विभाग प्रमुख
४. प्रवक्ता ज्ञानेन्द्र शाही – सुशासन विभाग प्रमुख
५. केन्द्रीय सदस्य आनन्द अधिकारी– प्रवास विभाग प्रमुख
६. लक्ष्मी संग्रौला– वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख
७. दमन बस्नेत – खेलकुद विभाग प्रमुख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।