• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

युक्रेनमाथिको आक्रमण ‘सोभियत संघ’ ब्युताउने पुटिनको चाहना!

64x64
युवराज भट्टराई शुक्रबार, फागुन १३, २०७८  ०७:०२
1140x725

काठमाडौं– रसियन राष्ट्रपति भ्यालिमिर पुटिनले बिहीबार युक्रेनमाथि हमलाको घोषणा गरेलगत्तै सैनिक कारबाही थाले। उनको यो निर्णयले युक्रेनी भूमिमा युद्धको बादल मडारियो भने मस्को र पश्चिमाबीच शीतयुद्ध सुरु भयो। कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई ‘तेस्रो विश्वयुद्धतर्फको यात्रा’ भनिरहेका छन्।

युक्रेनलाई रुसी राष्ट्रपति पुटिन बोल्सेविक अर्थात् कम्युनिष्ट आविष्कारको रुपमा मान्छन्। युक्रेन कुनै बेला रुसी साम्राज्यकै हिस्सा थियो। सन् १९९१ मा सोभियत संघको विघटनपछि युक्रेन स्वतन्त्र भयो। त्यति बेलादेखि नै युक्रेन रुसको छत्रछाँयाबाट निस्किने प्रयासमा थियो।

यसबीच युक्रेनले पश्चिमा देशहरुसँगको सम्बन्धलाई बढायो। आफ्नो उत्तरी र पूर्वी क्षेत्रतर्फको लामो सीमारेखा रुससँग जोडिएको युक्रेनले चालेको यो कदमबाट रसियन राष्ट्रपति पुटिन असन्तुष्ट थिए। १२ जुलाई २०२१ मा पुटिनले रुस र  युक्रेनको मिलनमाथि लेखेको लेखमा 'युक्रेन र रुसका मानिसहरु एकै भएको' उल्लेख गरेका थिए।

युक्रेनले पश्चिमा देशहरुसँग बढाएको सम्बन्धलाई लिएर पुटिनले बेलाबेला चेतावनी पनि दिने गरेका थिए। पुटिनले हालै पनि ‘रुसले कुनै पनि बेला युक्रेनलाई आक्रमण गर्न सक्ने’ चेतावनी दिएका थिए। उनले दिएको चेतावनी बिहीबार वास्तविकतामा बदलिएको थियो।

युक्रेनमाथि रुसले हवाइ र जलमार्गमार्फत हमला सुरु गरेको छ। युक्रेनको राजधानी किभमा पनि हवाइ हमला भएको छ। बिहीबार साँझसम्ममा ४० जनाभन्दा बढी युक्रेनीको ज्यान गएको जनाइएको छ। यद्यपि, ती युक्रेनी सैनिक हुन् वा नागरिक हुन् भन्ने खुलेको छैन।

अमेरिकाले पटकपटक रुस र पुटिनलाई युद्धमा नजान चेतावनी दिइरहेको अवस्थामा युक्रेनमाथि हमला सुरु भएको हो। युद्धमा अमेरिकाले युक्रेनको पक्ष लिँदै उसलाई सैन्य सहयोग गरिरहेको छ। यसै साता मात्र अमेरिकाले युक्रेनको सीमामा तैनाथ सैनिकहरूलाई हतियार उपलब्ध गराएको थियो।

यस्तो छ युक्रेनको इतिहास
युक्रेन कुनै समय सोभियत संघको एउटा भाग थियो। सोभियत संघ र अमेरिकाबीच लामो समय शीतयुद्ध चलेको थियो। यी दुई देशबीचको तनावको प्रभाव अन्य देशमा पनि पर्ने गरेको थियो। विश्वका धेरै देश दुई पक्ष सोभियत संघ वा अमेरिकातिर बाँडिएका थिए। यी देश आर्थिकदेखि सैनिक क्षेत्रमा लडिरहेका थिए। त्यति मात्र होइन अन्तरिक्ष यात्रामा पनि को पहिले पुग्ने भन्ने प्रतिश्पर्धा थियो।

बेलायतलगायत युरोपियन देशहरुसँगको सीमामा पर्ने भएकाले युक्रेनमा आणविक हतियारहरूको समेत विकास गरिएको थियो। तर, सन् १९९१ मा सोभियत संघ विघटन भएपछि विश्वको राजनीतिक परिदृश्यमा परिवर्तन आयो। 

nimb
nimb
Ncell 2
Ncell 2

सोभियत संघको विघटनपछि १५ स्वतन्त्र देशहरुको जन्म भयो, जसमा एउटा युक्रेन पनि थियो। तीमध्ये रुस सबैभन्दा ठूलो देश थियो, जुन मूल भूभागको रूपमा रह्यो। त्यतिबेला संसारभरमै सबैभन्दा धेरै आणविक हतियार हुने देशहरूमा युक्रेन तेस्रो थियो। रुसले युक्रेनलाई उसँग भएका आणविक हतियार आफूलाई दिन र बदलामा आफूले युक्रेनलाई आर्थिक सहायता र अन्य देशबाट सुरक्षा दिने प्रस्ताव गरेको थियो। रुसको प्रस्तावअनुसार दुई देशबीच आर्थिक सहायता र सुरक्षाको साटासाट करिब १५ वर्षसम्म चलेको थियो। 

यसरी युक्रेनमा रुसले प्रभाव व्यापक बनाएको थियो। युक्रेनमा आफू पक्षीय नेताहरुलाई स्थापित गराउन थालेको थियो, तीमध्ये एक थिए भिक्टर यानुकोबिच। उनी सन् २०१० मा युक्रेनको राष्ट्रपति बने। 

यानुकोबिच राष्ट्रपति बनेको बेला केही यस्ता निर्णयहरु भएका थिए, जसले युक्रेनलाई रुससँग बढी निर्भर बनाएको थियो। सन् २००८ मा जर्जिया र युक्रेनलाई नेटोमा आबद्ध गराउने प्रस्ताव अघि बढाइएको थियो। तर, यानुकोबिच सत्तामा आएपछि त्यहाँका सांसदले सन् २०१० जुनमा युक्रेन नेटोमा सामेल हुने प्रस्तावको विपक्षमा भोट दिएका थिए। सन् २०१३ नोभेम्बरमा युक्रेनलाई युरोपेली संघसँग जोड्ने प्रस्ताव यानुकोबिचले सदाका लागि खारेज गरिदिएका थिए।

यानुकोबिचले युक्रेनमा रुसको प्रभुत्व जमाउन सघाउने गरी काम गर्दै गए। रसियन भाषालाई युक्रेनमा एउटा राज्यको भाषासरहको मान्यता दिए। बिस्तारै अन्तर्राष्ट्रिय मुद्दामा पनि युक्रेनले रुसलाई सघाउन थालेको थियो। रुसले आन्तरिक मामिलामा धेरै नै हस्तक्षेप गर्न थालेको थियो।

राष्ट्रपति यानुकोबिचका कारण देशमा बढिरहेको रुसी प्रभावविरुद्ध युक्रेनका जनताले सन् २०१४ फेब्रुअरीमा प्रदर्शन सुरु गरेका थिए। मध्य र पश्चिम युक्रेनमा यस्तो प्रदर्शन भएको थियो भने पूर्वीभागमा युक्रेनका जनताहरुले आफूहरु रुसीहरु नै भएको ठान्थे। पूर्वीभागका मानिसले बोल्ने भाषा पनि रुसी नै हो। सरकार विरोधी उक्त प्रदर्शनमा ७७ जनाले ज्यान गुमाएका थिए। प्रदर्शन थेग्न नसकेपछि यानुकोबिचले राजीनामा दिए र रुस भागेका थिए।

सन् २०१४ मा रुसले युक्रेनको पूर्वीभागमा रहेको क्रिमियालाई आक्रमण गरेर आफूमा गाभेको थियो। क्रिमियालाई कब्जा गरेपछि रुस र युक्रेनसँगै पश्चिमा देशहरुबीच तनाव बढेको थियो। अमेरिका र युरोपियन संघले रुसमाथि कडा प्रतिबन्ध लगाएका थिए। 

पश्चिमासँगको सम्बन्धले युक्रेनसँग चिढिएको रुस
क्रिमियालाई रुसले आफूमा गाभेपछि युक्रेनका जनताले खतरा महसुस गर्न थालेका थिए। जसकारण उनीहरु रुसको आक्रमणको प्रतिरक्षामा पश्चिमा देशहरुबाट सहयोग होस् भन्ने चाहन्थे।

युक्रेनमा सन् २०१४ अप्रिलमा भएको निर्वाचनमा पश्चिमा राष्ट्रलाई समर्थन गर्ने व्यापारी पेत्रो पोरोशेन्को राष्ट्रपति निर्वाचित भए। संसदमा पनि पश्चिमा समर्थक पार्टीहरुले विजय हासिल गरे। 

तर, रुस भने युक्रेनले पश्चिमासँग बनाएको निकट सम्बन्ध र हिमचिमका कारण बिच्किएको थियो। सन् २०१४ मा रुस समर्थक हतियारधारी समूहले रुसी सीमा नजिकैका क्षेत्रहरु कब्जा गरे। पूर्वीयुक्रेनमा प्रदर्शन चलिरहेको बेला जुलाईमा मलेसयन एयर लाइनरको यात्रुवाहक विमानलाई खसालेका थिए, जसमा सवार २९८ जनाकै मृत्यु भएको थियो। 

रुसको यस्ता कदमले युक्रेनमाथि पनि हमला हुने खतरा बढेको थियो। जसको परिणामस्वरुप युक्रेनको पश्चिमा देश र युरोपियन संघसँगको सम्बन्ध विस्तार हुन थाल्यो। सन् २०१६ सम्ममा युक्रेनको अर्थव्यवस्थामा सुधार आयो। सन् २०१७ मा युक्रेनले युरोपियन युनियनमा सामेल हुने सम्झौतामा हस्ताक्षर गरेको थियो। 

युक्रेनले युरोपियन युनियनसँग बनाएको सम्बन्धले रुस रिसाएकै थियो। जब युक्रेनले ‘उत्तर एट्लान्टिक ट्रिटी अर्गनाइजेसन’ (नेटो) सँग जोडिने चाहना व्यक्त गरेको थियो, त्यहीँबाट रुसले आक्रमणको तयारी गर्न थालेको थियो। २०२१ जनवरीमा युक्रेनका राष्ट्रपति भोलोदिम्यार जेलेन्स्कीले आफूहरु नेटोसँग आवद्ध हुन तयार भएको बताएका थिए। उनले द असोसिएट प्रेससँगको संवादमा भनेका थिए, ‘हाम्रोमा अहिले युद्ध भइरहेको छ र यो प्रमाण हो हामी नेटोसँग आबद्ध हुन तयार छौं।’ उनी पनि रुस र पुटिनविरोधी नेता हुन्।

अधिकांश युक्रेनी नागरिक आफ्नो देश नेटोमा आबद्ध हुनुपर्ने पक्षमा छन्। युरोपियन युनियन र नेटोजस्ता निकायमा युक्रेन सामेल हुने विषयमा भएको सार्वजनिक सर्वेक्षणहरूबाट यसको पुष्टि भएको थियो। तर, यी कदमहरुले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन खुशी थिएनन्। 

उनले सन् २०२१ मा युक्रेनको सिमानामा आफ्ना सैनिक र हतियारहरू राखेर पश्चिमाको प्रतिक्रिया लिन खोजे। सिमानामा जम्मा गरेका हातहतियार र सैनिकले संयुक्त राज्य अमेरिकामा नयाँ सत्ता सम्हालेका राष्ट्रपति जो बाइडेनको ध्यान तानेको थियो। केही दिनपछि बाइडेन र पुटिनबीच वार्ता हुने घोषणा भयो। त्यसपछि भने रुसले आफ्ना सैनिक फिर्ता बोलाएको थियो। 

युक्रेनमा पुटिनको नजर
जासूसको रूपमा आफ्नो करिअर सुरु गरेर रुसको राष्ट्रपति बनेका भ्लादिमिर पुटिन निकै महत्वकांक्षी व्यक्ति हुन्। लण्डन विश्वविद्यालयका प्राध्यापक तथा रसियन सुरक्षा मामिलाका विज्ञ मार्क गेलेओट्टीकाअनुसार उनी आफ्नो इतिहासलाई लिएर निकै आशावादी छन्। गेलेओट्टीले भक्स मिडियासँगको संवादमा भनेका थिए, ‘उनले पढ्ने थोरैमध्येको विषय इतिहास पनि हो। उनी जब इतिहासकारहरुलाई भेट्छन्, तब आफ्नो बारेमा १०० वर्षपछि के लेखिनेछ भनेर सोध्ने गर्छन्।’

पुटिनको महत्वकांक्षा पुनः ‘सोभियत संघ’लाई ब्युताउनु भएको थुप्रै राजनीतिज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार पुटिन सोभियत संघलाई पुरानै अवस्थामा ल्याएर फेरि त्यहि महत्त्व र सम्मान हासिल गर्न चाहन्छन्। तर, त्यस्तो सोभियत संघको राजनीतिक व्यवस्था फरक होस्।

अहिले भने पुटिनको ध्यान युक्रेनमा बढिरहेको पश्चिमा प्रभाव र पश्चिमाहरुसँगको सम्बन्धमाथि छ। युक्रेनले युरोपियन संघसँग सम्बन्ध बनाउँदा पनि पुटिन असन्तुष्ट थिए। झन्, नेटोसँग आबद्ध हुने चाहना राखेपछि त क्रुद्ध नै भएका थिए। 

७० वर्षअघि तत्कालीन सोभियत संघविरोधी सैन्य दस्ताका रूपमा नेटोको स्थापना भएको थियो। अहिले पनि नेटोको मूल उद्देश्य अमेरिकीविरोधी शक्तिलाई कमजोर पार्ने नै हो। नेटोमा युक्रेन आबद्ध हुनुको अर्थ रुसले आफ्नो छिमेकमा दुश्मनलाई ल्याएर राख्नुसरह हुन्छ। यसबाट सोभियत संघलाई फेरि ब्युताउने र इतिहासमा आफ्नो नाम लेखाउने पुटिनको चाहना अधुरै रहने जोखिम हुन्छ। नेटो सम्झौतामा भएको दफा ५ अनुसार सदस्य राष्ट्रमध्ये कुनै एकमा हमला भए सबै सदस्य राष्ट्रले उसलाई बचाउन आक्रमणकारी देशविरुद्ध लाग्नुपर्छ।

एकातिर अमेरिका नेटो राष्ट्रहरुको संख्या बढाउन लागि परेर युक्रेनलाई आफूमा सामेल गराउने सपना देखिरहेको छ। अर्कातिर पुटिन यही डरका कारण युक्रेन नेटोमा आबद्ध हुन नहुने अडानमा छन्। रुसले २०२१ डिसेम्बरमा युक्रेनसमक्ष तनाव रोक्न आफ्ना मागहरु प्रस्तुत गरेको थियो। ती मागहरूको सूचीमा युक्रेनले नेटोसँग आबद्ध हुने विषय पूर्णरूपमा त्याग्नु पर्ने उल्लेख थियो। 

पुटिनले बिहीबार एक टेलिभिजनमा युक्रेनको पुर्वीक्षेत्र डोनबास इलाकामा सैन्य कारबाही गर्ने घोषणा गरेका थिए। त्यहाँ रुसी भाषा बोल्नेहरु धेरै छन्। पूर्वीयुक्रेनमा छिर्न सहज भए पनि मध्य र पश्चिमी भागमा भने रुसका लागि अफ्ठ्यारो अवस्था छ। अमेरिकाले समय समयमा उपलब्ध गराएका हातहतियारले पनि युक्रेनलाई बलियो बनाएको छ। 

पुटिनले बुधबार दिएको बयानमा युक्रेन कब्जा गर्ने योजना नभएको बताएका छन्। तर, आत्मरक्षाका लागि कारबाही गरेको पनि उल्लेख गरेका छन्। पुटिनले आफ्नो सम्बोधनमा पूर्वी युक्रेनमा तैनाथ युक्रेनी सेनाहरूलाई हतियार छाडेर घर फर्किन पनि आग्रह गरेका छन्।

अमेरिकाको नेटोमा आवद्ध गराउने सपना र पुटिनको सोभियत ब्युताउने महत्वकांक्षाबीच युक्रेनमा युद्ध सुरु भएको हो। बीबीसीले उल्लेख गरेअनुसार युक्रेनको राजधानी किभ र पूर्वीयुक्रेनको दोनेत्स्कको क्रामातोस्र्क इलाकामा हमला भएको बताइएको छ।

यी सबै घटनाबीच युक्रेनका राष्ट्रपती जेलेनस्कीले भिडियो सन्देशमार्फत बिहीबार नै पुटिनले युक्रेनको विरुद्धमा पूर्णरूपमा युद्धको घोषणा गरेको बताएका छन्। उनले भनेका छन्, ‘रुसले युक्रेनमाथि योजनाबद्ध रूपमा मिसाइलहरु छोडेको छ र सिमानाका सैनिकमाथि हमला गरेको छ।’

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी रिपोर्टअनुसार वार्तामा स्ट्रेट अफ होर्मुज, इरानको आणविक अधिकार र अन्य विषयहरू मुख्य विवादका विन्दु बनेका थिए । दुवैपक्षबीच यी मुद्दा... आइतबार, चैत २९, २०८२
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरेका छन् । आइतबार, चैत २९, २०८२
अमेरिका र इरानविचको वार्ता निष्कर्षविहीन : मतभेद अझै बाँकी पाकिस्तानको इस्लामाबादमा भएको यो वार्ता पछिल्ला एक दशकभन्दा बढी समयपछि अमेरिका-इरानबीचको पहिलो प्रत्यक्ष भेट हो। साथै, सन् १९७९ को ‘... आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्