काठमाडौं– नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका सन्दर्भमा एक ठाउँमा उभिन प्रस्ताव गरेको छ।
बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको थियो। भेटमा एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरु सहभागी थिए।
बिहीबारको भेटमा एमसीसीका सन्दर्भमा एक ठाउँ अभिउँ भनेर आफूहरुले एमाले नेताहरुले प्रस्ताव गरेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देब गुरुङले जानकारी दिए।
'विगतको समीक्षा गर्दै गरौंला। अहिले एक ठाउँ अभिउँ भनेर हामीले प्रस्ताव गर्यौं,' गुरुङले भने।
गुरुङका अनुसार एमालेका नेताहरुले भने छलफल जारी राख्नेुपर्ने जवाफ फर्काएका छन्। 'उहाँहरुले छलफल जारी राखौं भन्नुभयो। हामीलाई संसद्मा वस्ने वातावरण नै नबनेको भन्ने पनि उहाँहरुको कुरा रह्यो,' गुरुङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।