काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले परिस्थिति हेरेर भोलि (शुक्रबार)सम्म सरकारबाट बाहिरिने बताएका छन्।
नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा दरो रुपमा उभिएपछि गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट सरकारबाट अलग हुने भएका हुन्।
‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको पक्षमा कांग्रेस उभिने देखियो। हामीले त्यसमा समर्थन जनाउने कुरा भएन’ नेपाल लाइभसँग कुरा गर्दै खनालले भने,‘अब कांग्रेस र एमाले दुबै राष्ट्रघाती मिलेर एमसीसी पारित गर्ने भए। हामी परिस्थति हेरेर भोलिसम्म सरकारबाट बाहिरन्छौ।’
एमसीसीका विषयमा विपक्षमा उभिने भएपछि सरकारमा बस्नुको औचित्य नरहेको खनालले बताए।
एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्य मन्त्री छन्। जसमा विरोध खतिवडा स्वास्थ्य मन्त्री,प्रेम आले पर्यटन मन्त्री, किसन श्रेष्ठ श्रम मन्त्री,रामकुमार झाक्र्री सहरी विकास मन्त्री छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने बिहीबार सुदूरपश्चिम पुगेका छन्। उनी दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई लिएर धनगढी पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।