काठमाडौं- एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन र समग्र मुलुकको राजनीति तरंगित भएका बेला सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिम पुगेका छन्।
उनी दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई लिएर धनगढी पुगेका हुन्। उनलाई गेटा विमानस्थलमा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिमका नेता कार्यकर्ताले स्वागत गरेका छन्।
युवा संघ र अखिल नेपाल महिला संघको प्रदेश भेलालाई सम्बोधन गर्न एकीकृत समाजवादीका अध्यक्ष सुदूरपश्चिम पुगेका हुन्। शुक्रबार सो पार्टी निकट युवा संघ र महिला संघको प्रदेश भेला आयोजना गरिएको हो।
अध्यक्ष नेपालले शुक्रबार महेन्द्रनगरमा नेपाल बुद्धिजीवि परिषद्को भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।