फाइल तस्बिर
काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद्लाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको बताएका छन्।
देउवा र ओलीबीच बिहीबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको थियो। 'संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम सहमति बनाउनका निम्ति सबैसँग संवाद प्रारम्भ गर्नुभएको छ', कार्कीले भने।
उनले एमसीसी देशको लागि आवश्यक भएको भन्दै सार्वभौम संसद्मा गहन रुपले छलफल भएर निष्कर्षमा पुग्ने बताए। त्यसका लागि छलफल जारी रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।