काठमाडौं- प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद सचिवालयले एमसीसीमाथि सामान्य छलफलको प्रस्ताव राख्दै कार्यसूची सार्वजनिक गरेको छ।
बिहीबारदेखि एमसीसीमा सैद्धान्तिक छलफल गर्ने तयारी भएपछि अन्तिम समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन पर सार्न आग्रह गरेका थिए। सरकारको आग्रहपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए।
यसअघि विवादकै बीचमा सरकारले एमसीसी टेबल गरेको थियो। गठबन्धनका दलहरु पनि एमसीसी टेबल गर्ने पक्षमा थिए। तर माओवादी केन्द्र र नेकपा एकीकृतले अहिले संशोधन पछिमात्र पारित हुनुपर्ने भन्दै आएका छन्।
त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि संसद अवरोध जारी राखेकाले अहिले छलफल गर्न नहुने पक्षमा उनीहरु रहेका छन्। तर नेपाली कांग्रेसले भने फागुन १६ गतेभित्र एमसीसी पारित गर्नुपर्ने समयसिमा भएकाले सत्तारुढ दलभित्र सकभर सहमत गर्ने नभए गठबन्धन छोडेरै भएपछि पास गर्ने तयारी गरिरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।