काठमाडौं- नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले अहिले एमसीसीको कारणमा देखिएको सडक प्रदर्शन बढ्दै जाने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक स्थित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले सडक आवश्यकता अनुसार तातिने र बल्ने बताए।
गठबन्धन पनि नजोगिने संकेत उनले गरे। गठबन्धन बन्ने र टुक्रिने स्वाभाविक प्रक्रिया भएको उनको भनाइ थियो। उनले आफूहरुले देशको हित नछोड्ने प्रष्ट पारे। 'एमसीसीमा कुरा मिल्दैन,' खनालको भनाइ थियो, 'मिल्दैन। मिल्ने कुरा पनि छैन।'
खनालले एमसीसीको विपक्षमा धारणा राख्दै आएका छन्। उनले अमेरिकाको अगाडि नेताहरु झुकेको भन्दै आफूहरु नझुक्ने धारणा राख्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।