काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो।
सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। अर्को बैठक भोलि १ बजे बस्ने बताइएको छ।
आज १ बजेका लागि बोलाइएकाे बैठकमा एमसीसीसम्बन्धी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने कार्यसूची थियाे।
आज नै बसेको कार्यव्यवस्था परामर्श बैठकले एमसीसी सम्झौतामाथि छलफल गर्ने निर्णय गरेको थियो। तर, एमसीसीका कारण सत्तागठबन्धन संकटमा परेपछि सरकारले आजको बैठक स्थगन गर्ने उपाय खोजेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।