काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ। बैठकले एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढाउने निर्णय गरेको छ।
सहभागी एक नेताका अनुसार सदनमा बोल्न चाहने सबै सदस्यले छलफलमा भाग लिन पाउने सहमति भएको छ। 'उनीहरुलाई बोल्नका लागि ५ मिनेट समय दिने सहमति भएको छ,' उनले भने।
सरकारले फागुन ८ गतेको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।