काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सडकमा एमसीसीको विरोध गरिरहेका युवाहरुको कुनै दोष नभएको बताएका छन्। उनले बालुवाटारमा एउटा र बानेश्वरमा अर्को कुरा गर्ने नेताहरुको द्वैध चरित्र दोषी भएको बताएका हुन्।
सामाजिक सञ्जालमा उनले सरकारमा रहँदाको मर्यादा पालना गर्न भनेका छन्। 'ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा उहाँको नैतिक जवाफदेहीता खोजिन्छ नै तर सरकारको प्रस्ताव विरुद्ध सरकारकै मन्त्रीको असहयोग हद दर्जाको अराजकता,' उनले लेखेका छन्, 'कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं! कि सरकारमा रहँदाको मर्यादा पालन गरौं!'
उनले क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित भनेर टुंगो गर्न आग्रह गरेका छन्। 'आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि `जिम्मेवार रास्ट्रवाद´ ले?', उनको प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।