काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले विद्यार्थी संगठनका नेताहरुलाई फोन गरी शान्तिपूर्ण विरोध गर्न आग्रह गरेका छन्।मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध सडकमा विरोध प्रदर्शन गरिरहेका सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुलाई खाणले फोन गरेका हुन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीका विद्यार्थी नेतालाई फोन गरेर विरोधलाई शान्तिपूर्ण बनाउन खाँणले अनुरोध गरेका हुन्।
माउ पार्टी सत्तामा रहेका अखिल (क्रान्तिकारी) र अनेरास्ववियु एमसीसीको विरोधमा छन्। ती दुई संगठनका नेतालाई फोन गरी खाणले विरोध अधिकार रहेको उल्लेख गर्दै हिंसात्मक गतिविधि नगर्न सुझाएका हुन्।
विरोधकर्ता हिंसात्मक हुँदा प्रहरीसमेत संयमित हुन कठिन हुने उनले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।