काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
महाभियोगविरुद्ध अधिवक्ताद्वय दिपकविक्रम मिश्र र पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका हुन्। उक्त रिटमाथि संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै संवैधानिक इजलासमा पठाइएको सर्वोच्च अदालतले जनाएको छ। मिश्रले यसअघि संवैधानिक इजलासको विरुद्धमा पनि रिट दायर गरेका थिए।
प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगको प्रस्ताव अगाडि नबढाई यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई स्वतन्त्र ढङ्गले कामकाज गर्न दिन रिटमा मागदाबी गरिएको छ।
फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसद्हरुले संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।