काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको भेटवार्ता सकिएको छ।
प्रचण्डनिकट स्रोतले बैठक सकेर प्रचण्ड खुमलटार फर्केको, देउवा र प्रचण्ड दुवै आ–आफ्नै अडानमा यथावत रहेको जानकारी दियो।
‘यसपछिको स्थिति के हुन्छ, यसै भन्न सकिन्न’, प्रचण्डनिकट स्रोतले भन्यो।
प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पारित गर्ने पक्षमा छन् भने प्रचण्ड माधव नेपाल पारित गर्न नहुने अडानमा पुगेका छन्। एउटै गठबन्धनमा सहभागी नेताहरुबीच मत विभाजित भएपछि सत्तान गठबन्धन धरमराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।